माधवकुमार नेपालले भने, मन्त्रिमण्डल पुर्नगठन हुनुपर्छ « Khabarhub

माधवकुमार नेपालले भने, मन्त्रिमण्डल पुर्नगठन हुनुपर्छ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् ।

राजधानीमा मंगलबार भएको एक कार्यक्रममा उनले मन्त्रिमण्डल पुर्नगठन हुनुपर्ने आवाज उठाएका हुन् ।

‘सरकारको एक वर्ष पूरा भयो । यसबीचको कामको मूल्याङ्कन गर्ने समय आएको छ,’ नेता नेपालले भने, ‘एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुर्नगठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरू जानकारी छैन ।’ प्रदेश नं २ मा बाहेक ६ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ ।

नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास गरेको बताए । उनले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्ने बताए ।

अर्काे प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ३८ बजे

चिरायु अस्पतालले गर्‍यो संगीत रोयल्टीको सम्झौता

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल,

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक

काठमाडौँ– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको

जलवायु परिवर्तनले जीवनको अस्तित्व नै सङ्कटमा

काठमाडौँ – हरेक वर्ष जलवायु परिवर्तनको नकारात्मक असर हटाउन प्रत्येक

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन

गर्मी बढेपछि देवघाटका विद्यालय पाँचदिन बन्द

दमौली – अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच