साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल « Khabarhub

साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार (आज) श्रीलंकाविरुद्ध खेल्दै छ । विराटनगरको शहीद मैदानमा बिहान ११ बजेदेखि सुरु हुने खेल हुनेछ ।

प्रतियोगितामा बलियो टोलीका रुपमा देखिएको नेपालले श्रीलंकामाथि सहज जितको खोजिमा रहेको छ । समूह चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

मंगलबार सेमिफाइनल खेलबारे बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकामाथि जित निकाल्दै टोली फाइनल पुग्ने बताएका छन् । त्यस्तै कप्तान निरु थापाले पनि विपक्षीमाथि टोली हावी हुँदै फाइनल पुग्ने बताए ।

विपक्षी टोलीका लागि नेपालकी कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जली योञ्जन लयमा देखिएका छन् । सेमिफाइनल खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा रहेको नेपाली टोलीले घरेलु मैदानमा उपाधि उचाल्ने बताउँदै आएका छन् ।
त्यस्तै, आजै दिउँसो ३ बजे हुने अर्को खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको