साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार (आज) श्रीलंकाविरुद्ध खेल्दै छ । विराटनगरको शहीद मैदानमा बिहान ११ बजेदेखि सुरु हुने खेल हुनेछ ।

प्रतियोगितामा बलियो टोलीका रुपमा देखिएको नेपालले श्रीलंकामाथि सहज जितको खोजिमा रहेको छ । समूह चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

मंगलबार सेमिफाइनल खेलबारे बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकामाथि जित निकाल्दै टोली फाइनल पुग्ने बताएका छन् । त्यस्तै कप्तान निरु थापाले पनि विपक्षीमाथि टोली हावी हुँदै फाइनल पुग्ने बताए ।

विपक्षी टोलीका लागि नेपालकी कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जली योञ्जन लयमा देखिएका छन् । सेमिफाइनल खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा रहेको नेपाली टोलीले घरेलु मैदानमा उपाधि उचाल्ने बताउँदै आएका छन् ।
त्यस्तै, आजै दिउँसो ३ बजे हुने अर्को खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ३१ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन