‘कागजपत्र’ को स्याड गीत रिलिज | Khabarhub Khabarhub

‘कागजपत्र’ को स्याड गीत रिलिज


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएको ‘माया संसार’ बोलको गीत दर्शकले रुचाएका थिए ।

हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘तिमी जाने बाटो कता’ बोलको गीतमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतलाई फिचर्ड गरिएको छ ।

निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलबार होली समेत खेलेको थियो । संगीत सापकोटाको शब्द र संगीत रहेको यो गीतमा अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । उक्त गीतलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

अपील विष्टको लेखन तथा निर्देशन रहेको यो फिल्ममा नाजिर, शिल्पा, भोलाराज र सरिताका अतिरिक्त लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । नक्कली कागजपत्र बनाएर विदेश जाने नेपालीको कथा यो फिल्ममा देख्न सकिनेछ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको लगानी रहेको यो फिल्ममा क्यासमीर डिक्सनको छायांकन र निमेष श्रेष्ठको सम्पादन देख्न सकिनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ४१ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार