पति–पत्नीबीच झगडा परिरहन्छ ? यो हो हटाउने तान्त्रिक उपाय « Khabarhub

पति–पत्नीबीच झगडा परिरहन्छ ? यो हो हटाउने तान्त्रिक उपाय


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पति–पत्नीबीचको सम्बन्धलाई सबैभन्दा राम्रो सम्बन्ध मानिन्छ । तर जब यो मजबुद सम्बन्धको डोरी कमजोर हुन्छ तब जीवनमा निराशा छाउँछ । परिवार या साथी सबै आफ्नो जिम्मेवारी निभाएसँगै आफ्नो आफ्नो जीवनमा व्यस्त हुन्छन् ।

साथ रहन्छन् त मात्र पति पत्नी । जीवनभर साथ रहने पति पत्नीबीच पनि सम्बन्ध राम्रो हुन सकेन भने के होला ? पक्कै जिन्दगीदेखि निराश हुने अवस्था आउँछ । कपिपय विवाहितहरुले यस्ता खालका विभिन्न समस्याहरु पनि भोगिरहनु भएको होला ।

जब पति पत्नी एक अर्कोबीचको सम्बन्धमा रम्न सक्दैनन तब एक अर्काको साथ पनि भारी लाग्न थाल्छ र जीवनलाई नै यसले बोझ बनाइदिन्छ ।
यदी तपाईं वा तपाईको चिनजानका कोहीलाई यस्तै खालको समस्या परेको छ र दाम्पत्य सुखको आनन्द लिन सकिरहेका छैनन् भने केही उपाय छन् जसबाट समास्या समाधान हुन सक्छ ।

के हो उपाय ?

बास्तुशास्त्र र तान्त्रिक विधि अनुसार केही उपाय गर्दा पति र पत्नीबीच बिग्रिएको समबन्धमा सुधार आउन सक्छ ।
त्यसका लागि केही उपाय गर्न जरुरी छ ।

सिन्दूर– रातभर आफ्नो पतिको तकियाको मुनी सिन्दुर राख्नुहोस् र विहान सिन्दुरको आधा भाग घरमा छर्कनुस् र बाँकी रहेको सिन्दुर पत्नीले आफ्नो सिउँदोमा भर्नुहोस् ।

आइतवारको रात पतिको डस्नामुनि थोरै सिन्दुर छर्कनुस् र अर्कोदिन विहान त्यो सिन्दुरलाई आफ्नो सिउँदोमा राख्नुहोस् ।

सुनको चुरा– दाम्पत्य जीवनलाई सुखमय बनाउनका लागि पतिले हरेक राति किशमिस युक्त दुधको सेवन गर्न जरुरी छ भने पत्नीले सधै सुनको चुरा लगाउन जरुरी छ ।

रस युक्त मिठाइ

शुक्रवारका दिन भगवान विष्णु तथा लक्ष्मीजीलाई रस भएको मिठाइको भोग लगाउनु आवश्यक हुन्छ र प्रसादको रुपमा पति र पत्नीदुबैले यसको सेवन गर्न जरुरी हुन्छ ।

नुनपानीले सफाइ

पति पत्नीबीच सधैं झगडा परिरहन्छ भने त्यसलाई शान्त गर्न घरको सफाइ नून पानीले गर्न जरुरी हुन्छ । प्रत्येक दिन नून मिसाएको पानीले विहान चाँडै घरलाई सफाइ वा पुच्छ्दा कलह शान्त हुनका साथै घरको नकारात्मक शक्तिपनि हट्छ ।

पानीमा सख्खर

पानीमा सख्खर मिसाएर प्रतिदिन सूर्य भगवानलाई अर्पण गर्नुहोस् । यस्तो गर्नाले दाम्पत्य जीवनमा सुख शान्ति मिल्छ ।

विहीवार पिपलको रुखको फेदमा घ्यूमा भिजाएको दियो बाल्नुस् र अर्को एक दियो दोबाटोमा बाल्नुहोस् र त्यसमा एक एकवटा मिठाइपनि राख्नुहोस् ।

यी धार्मिक र शास्त्रीय रुपमा वर्णन गरिएका समस्या समाधानका केही उपाय हुन् । तर पति पत्नीबीच देखिने समस्या समाधनको लागि दुई जनाबीच छलफल र समझदारीको वातावरण बनाउनु नै हो । दुई जनाले एक अर्काको समस्या बुझ्ने र त्यही अनुसार काम गर्ने हो भने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ३६ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ