स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित « Khabarhub

स्वास्थ्य बीमाप्रति सर्वसाधारण उत्साहित


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । सिरहामा गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दत्र्ता शुरु गरेपछि नाम दर्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ । प्रत्येक वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दत्र्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई यही महीनाबाट कम्प्युटरमा दत्र्ता गर्न शुरु गरिएको र अहिले नाम दर्ता हुने बीमित्तले आउँदो जेठ महीनाबाट बीमा सेवा पाउने साहले बताए ।

५ जनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले २ हजार ५०० रुपैयाँको प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजार रुपैयाँको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक  ४२५  रुपैयाँका दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा १० हजार रुपैयाँ थपिने छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : २१ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन