प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान « Khabarhub

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् ।

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन खनालसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत बै‌ङ्कक गएका हुन् ।

बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ३३ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले