डोटीमा पनि शुरु भयो ‘छाउपडी मुक्त’ अभियान « Khabarhub

डोटीमा पनि शुरु भयो ‘छाउपडी मुक्त’ अभियान


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीका पहाडी जिल्लामा व्याप्त छाउडपडी प्रथा अन्मुलनका लागि डोटी जिल्लामा पनि छाउपडी मुक्त गर्ने अभियान शुरु भएको छ । डोटीको  शिखर नगरपालिकालाई यो वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गरिने भएको छ । उक्त नगरपालिकालाई छाउपडी मुक्त बनाउन गृहकार्य भइरहेको छ । फाया नेपालकोे आयोजनामा महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिले यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजनासहित अगाडि बढेका छन् ।

छाउपडी प्रथा एक सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जोशीले बताए । उनले भने, “हामी छाउपडी मुक्त नगरपालिका बनाउने अभियानमा छौँ, यो वर्षभित्रै छाउपडी मुक्त नगरपालिका हुनेछ ।”

सामाजिक कुरीतिसँग जोडेर विभेद् गरेका कारण महिलाले छाउपडीको शिकार हुनु परेको नगर उपप्रमुख धौलीदेवी रावलले बताइन् । पछिल्लो समय जिल्लाका शिखर नगरपालिका, बडिकेदार गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले हाम्रो नेतृत्व परियोजनाअन्तर्गत छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालीम, गोष्ठी र वकालतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ४३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले