होलीको रंगले छालमा समस्या देखियो ? यसरी गर्नुस् केयर « Khabarhub

होलीको रंगले छालमा समस्या देखियो ? यसरी गर्नुस् केयर


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज रंगको पर्व होली । तपाई अनुहारमा दिनभरी खेलेको रंग अझै गइसकेको छैन होला ।  होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ ।

दिनभरी रंग र लोलासँग रमाउँदा तपाईको छालामा समस्या पनि देखिन थालेको छ त छैन ?

हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ । त्यसो त होलीमा प्रयोग भएको रंगमा गुणस्तर नहुँन पनि सक्छ । गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा विभिन्न किसिमको समस्या आउँन सक्ने वीर अस्पतालका छाला तथा यौन रोग विभागका प्रमूख एवं वरिष्ठ छालारोग विशेषज्ञ डा भाष्कर मोहन कायस्थले बताए ।

‘होली खेल्दा प्रयोग भएको रंगमा गुणस्तर नहुन सक्छ, रंगमा भएको विभिन्न किसिमका केमिकलले छालामा समस्या ल्याउँछ,’ डा कायस्थले खबरहबसँग भने, ‘दिनभरी साथीभाइसँग रमाइरहेको बेला छालामा परेको असरबारेअन्दाज हुँदैन । तर बेलुका घर पुगेपछि छालामा देखिने समस्याले मानिसलाई पिराेल्छ ।’

डा कायस्थका अनुसार रंगले छालामा यस्तो असर गर्छ

कडा खालको केमिकल भएको रंगले छाला पोल्ने समस्या देखिन्छ ।

एलर्जी हुने ।

पानीको फोका आउँने ।

छाला पत्र–पत्र भएर निस्किने ।

आँखा तथा मुख सुन्निने ।

रंगको असरले होली पछि छालामा यस्ता समस्या लिएर मानिसहरु छालारोग विशेषज्ञ चिकित्सककोमा परामर्श लिन पुग्ने गरेको डा कायस्थ बताउँछन् ।

उनी भन्छन्, ‘होलीको दिन रंगसँग खेल्न रमाइलो नै हुन्छ, तर जब होलीपछि छालामा समस्या देखिन थाल्छ तब उनीहरु अस्पतालमा आउँछन्, अघिल्ला वर्षहरुमा पनि होलीपछि छालासम्बन्दधी समस्या लिएर धेरै बिरामीहरु आएका छन् ।’

होलीमा प्रयोग हुने रंगले छालालाई असर पर्ने भएकाले होली खेलिसकेपछि छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने डा कायस्थको भनाइ छ ।

होली खेलेपछि छालाको हेरचाह यसरी गर्नुस्

रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय नबस्ने ।

अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।

साबुनपानीले राम्रोसँग धुने ।

रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।

रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्ने ।

रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम राखेर मेट्ने ।

रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्ने ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : १९ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ