होलीको सप्तरंगमा झुम्यो ‘बसन्तपुर’ ! (फोटो फिचर) « Khabarhub

होलीको सप्तरंगमा झुम्यो ‘बसन्तपुर’ ! (फोटो फिचर)



काठमाडौं– मानिसहरु नाचिरहेको दृश्य देखिन्थ्यो । एक छेउमा स्पिकरमा गीत पनि बजिरहेको थियो । मानिसहरुको घुँइचो निकै थियो । अन्य दिनको तुलनामा माहोल नै छुट्टै थियो बुधबार बसन्तपुरको ।

हिन्दू नेपालीमात्र होइन बाह्य पर्यटकले खुसीयालीका साथ होली मनाइरहेका थिए । राजधानीको बसन्तपुरमा होली खेल्नका लागि उपत्यकाका विभिन्न स्थानदेखि मानिसहरु आउने गर्छन् ।

बुधवार बिहानैदेखि सडकमा होली खेल्नका लागि सेता टिर्सट लगाएर युवा तन्नेरीहरु समूह बनाएर हिँडिरहेका थिए । एक अर्कामा रंग लगाउँदै र पानी छ्याप्दै खुसी साट्दै रमाउनेहरु सडकका प्रत्येक चोकमा देखिन्थे ।

होलीको रौनाकले बुधवार राजधानीका विभिन्न स्थानहरु अन्य दिनको तुलनामा फरक देखिएका छन् । बुधबार होली देशका पहाडी र हिमाली क्षेत्रमा मनाइएको छ भने विहीवार तराई मधेसमा मनाइँदैछ ।

होलीको त्यो रमाइलो माहोलमा विशेषगरी बालबालिका र युवायुवती बढि देखिन्थे । उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप पातलो देखिन्छ भने मानिसहरुको भीड निकै बाक्लो देखिन्छ ।

होली खेल्नका लागि उपत्यकाभित्रका बसन्तपुर, मैतीदेवी, बानेश्वर, कोटेश्वर, सिफल, महाराजगञ्ज, भृकुटीमण्डप सामाखुसी लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

उक्त आयोजनामा कलाकारलाई बोलाउने र रमाइलो गर्ने चलन केही वर्षयता लोकप्रिय बन्दै गएको छ ।

सुरक्षा व्यवस्था

होलीलाई विशेष बनाउनकै लागि ट्राफिक महाशाखाले सुरक्षा व्यवस्थामा कडाई गरेको थियो । शान्तीपूर्वक होली मनाउनका लागि र कतै अनैतिक गतिविधि हुन्छन् कि भन्दै प्रहरीहरु चोकचोकमा खटिएका थिए ।

साथै प्रहरीले होली खेल्ने बहानामा अनैतिक काम गर्नेहरुलाई नियन्त्रणमा लिएको ट्राफिक महाशाखाले जनाएको छ । जबरजस्ती रंग हाल्ने, लोला फ्ँयाक्ने जस्ता काम गर्नेहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

हेर्नुस्, होलीमा रमेका युवायुवतीको तस्वीर

तस्वीर–कृष्ण खत्री

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ०१ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६