होलीको सप्तरंगमा झुम्यो ‘बसन्तपुर’ ! (फोटो फिचर) « Khabarhub

होलीको सप्तरंगमा झुम्यो ‘बसन्तपुर’ ! (फोटो फिचर)



काठमाडौं– मानिसहरु नाचिरहेको दृश्य देखिन्थ्यो । एक छेउमा स्पिकरमा गीत पनि बजिरहेको थियो । मानिसहरुको घुँइचो निकै थियो । अन्य दिनको तुलनामा माहोल नै छुट्टै थियो बुधबार बसन्तपुरको ।

हिन्दू नेपालीमात्र होइन बाह्य पर्यटकले खुसीयालीका साथ होली मनाइरहेका थिए । राजधानीको बसन्तपुरमा होली खेल्नका लागि उपत्यकाका विभिन्न स्थानदेखि मानिसहरु आउने गर्छन् ।

बुधवार बिहानैदेखि सडकमा होली खेल्नका लागि सेता टिर्सट लगाएर युवा तन्नेरीहरु समूह बनाएर हिँडिरहेका थिए । एक अर्कामा रंग लगाउँदै र पानी छ्याप्दै खुसी साट्दै रमाउनेहरु सडकका प्रत्येक चोकमा देखिन्थे ।

होलीको रौनाकले बुधवार राजधानीका विभिन्न स्थानहरु अन्य दिनको तुलनामा फरक देखिएका छन् । बुधबार होली देशका पहाडी र हिमाली क्षेत्रमा मनाइएको छ भने विहीवार तराई मधेसमा मनाइँदैछ ।

होलीको त्यो रमाइलो माहोलमा विशेषगरी बालबालिका र युवायुवती बढि देखिन्थे । उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप पातलो देखिन्छ भने मानिसहरुको भीड निकै बाक्लो देखिन्छ ।

होली खेल्नका लागि उपत्यकाभित्रका बसन्तपुर, मैतीदेवी, बानेश्वर, कोटेश्वर, सिफल, महाराजगञ्ज, भृकुटीमण्डप सामाखुसी लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

उक्त आयोजनामा कलाकारलाई बोलाउने र रमाइलो गर्ने चलन केही वर्षयता लोकप्रिय बन्दै गएको छ ।

सुरक्षा व्यवस्था

होलीलाई विशेष बनाउनकै लागि ट्राफिक महाशाखाले सुरक्षा व्यवस्थामा कडाई गरेको थियो । शान्तीपूर्वक होली मनाउनका लागि र कतै अनैतिक गतिविधि हुन्छन् कि भन्दै प्रहरीहरु चोकचोकमा खटिएका थिए ।

साथै प्रहरीले होली खेल्ने बहानामा अनैतिक काम गर्नेहरुलाई नियन्त्रणमा लिएको ट्राफिक महाशाखाले जनाएको छ । जबरजस्ती रंग हाल्ने, लोला फ्ँयाक्ने जस्ता काम गर्नेहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

हेर्नुस्, होलीमा रमेका युवायुवतीको तस्वीर

तस्वीर–कृष्ण खत्री

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ०१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)