गुगललाई १ अर्ब ७० करोड डलर जरिवाना तिराइयो « Khabarhub

गुगललाई १ अर्ब ७० करोड डलर जरिवाना तिराइयो


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स–युरोपेली युनियनले अमेरिकी प्राविधिक कम्पनी गुगललाई १ अर्ब ७० करोड डलरभन्दा धेरै जरिवाना तिराएको छ ।

गुगलले आफ्नो विज्ञापनमा अरु प्रतिस्पर्धी सर्च इन्जिनको विज्ञापन ब्लक गरेको भन्दै युरोपेली युनियनले अल्फबेट इन्क कम्पनीको गुगललाई १ अर्ब ७० करोड भन्दा धेरै जरिवाना तिराएको हो ।

गुगलले एक दशकदेखि प्रतिस्पर्धाविरोधी व्यापारिक अभ्यास गरिरहेकोले त्यसविरुद्ध करिब डेढ अर्ब युरो अर्थात् १ अर्ब ७० करोड अमेरिकी डलर बराबरको जरिवाना तिराइएको युरोपेली प्रतिस्पर्धा आयोगले जनाएको छ ।

आफ्नो एडसेन्स नामक विज्ञापनमा आफ्ना प्रतिस्पर्धीको विज्ञापन ब्लक गरेको अरोप गुगलमाथि लागेको थियो । गुगलको यो अभ्यास युरोपेली युनियनको व्यापारिक प्रतिस्पर्धा नियमको विरुद्धमा रहेको भन्दै जरिवाना तिराएको युरोपेली प्रतिस्पर्धा आयोगकी आयुक्त मर्गरेथ भेष्टागरले जनाएकी छिन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ३५ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ