भारतबाट भागेका नीरव मोदी लण्डनमा पक्राउ « Khabarhub

भारतबाट भागेका नीरव मोदी लण्डनमा पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– भारतबाट भागेका धनाढ्य व्यापारी नीरव मोदी बेलायतको राजधानी लण्डनमा पक्राउ परेका छन् । भारतीय अधिकारीको आग्रहमा नीरव मोदीलाई मंगलबार मध्य लण्डनको हेलबर्न क्षेत्रबाट पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

उनलाई लण्डनको वेष्टमिनिष्टर मजिष्टे«ट अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताइएको छ । उनीमाथि राज्य सञ्चालित पन्जाब नेशनल बैंकमा २ अर्ब अमेरिकी डलर बराबरको ऋणमा ठगी गरेको अभियोग लागेको छ ।

उनी र उनका मामा मेहुल चोक्सीले पन्जाब नेशनल बैंकमा ठगी गरी बैंकलाई ग्यारेन्टी राखेर ऋण लिएको भारतीय अधिकारीले जनाएका छन् । ठगी प्रकरण सार्वजनिक भएपछि दुबैले भारत छाडेका थिए ।

गत अगष्ट महिनामा नीरव मोदीलाई पक्राउ गर्न भारतीय अधिकारीले बेलायती प्रहरीलाई आग्रह गरेका थिए । त्यसै अनुसार उनलाई पक्राउ गरिएको बताइएको छ ।

त्यसअघि गत डिसेम्बरमा बेलायतको अदालतले अर्का व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न आदेश दिएको थियो ।
नीरव मोदीलाई पनि बेलायतले भारत सुपुर्दगी गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ३७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले