प्रधानमन्त्री ओली सपरिवार ‘क्याप्टेन’ हेर्न हल पुगे « Khabarhub

प्रधानमन्त्री ओली सपरिवार ‘क्याप्टेन’ हेर्न हल पुगे


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ हलमै पुगेर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । उनी बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई लिएर चलचित्र हेर्न गएका हुन् । त्यस्तै, चलचित्र हेर्न प्रधानमन्त्रीका साथमा मन्त्री र सत्तारूढ दलका नेताहरू पनि हल पुगेका थिए ।

चलचित्र  हेर्न  हल पुगेका  प्रधानमन्त्री ओलीले भने, ‘संयोग नै हो, आज रंगीन दिन, रंगीन पर्व भएका कारण चलचित्र हेर्न अवसर जुर्‍यो ।’ उनले चलचित्र क्याप्टेनको प्रसंग जोड्दै युवाहरुले पनि खेलक्षेत्रलाई रंगीन बनाउनुपर्ने बताए । सवैमा होलीको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संस्कृतिलाई सभ्य बनाउने दायित्व हामी सवैको भएको तर्क गरे ।

त्यस्तै चलचित्रका निर्माता भुवन केसीले महान पर्व होलीको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीज्यूहरु आएर हौसला प्रदान गर्नुभएकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री ओली हल पुग्दा चलचित्रका कलाकार तथा अन्य दर्शकले स्वागत गरेका थिए । अनमोल केसी अभिनित चलचित्र क्याप्टेन फुटबलमा केन्द्रित चलचित्र हो । जसमा राष्ट्रिय खेलाडीले भोग्नुपरेको विषयवस्तुलाई उठान गरिएको छ । चलचित्रलाई  दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ४१ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले