पौडी प्रतियोगिता शुरु हुन लाग्यो, तर भरिएन पोखरीमा पानी | Khabarhub Khabarhub

पौडी प्रतियोगिता शुरु हुन लाग्यो, तर भरिएन पोखरीमा पानी



काठमाडौं–आठौं राष्ट्रिय खेलकुदमा आठ गतेदेखि पौडी खेल शुरु हुँदैछ । तर, ६ गते साँझ ७ बजेसम्म पनि पौडी पोखरीको पिँध भरिइसकेको छैन् । पश्चिमतिर पौडी खेलका लागि निर्माण गरिएको प्यारापिटमा ४-५ जना कामदारहरुले काम गरिरहेका छन् । साँझ परिसकेपनि उनीहरु सामू शनिबार साँझसम्म सबैकाम सक्नु पर्ने बाध्यता छ ।

प्यारापिटका सिटहरु प्लाष्टर गरिरहँदा उनीहरु समय-समयमा त्यहाँ पौडी पोखरी हेर्न आउने राखेप पदाधिकारी, पौडी संघका खेलाडी र सञ्चारकर्मीहरुको ताँतीतर्फ पनि नजर लगाउँछन् ।

यसै विषयलाई लिएर पौडी पोखरीमा टाइल विछ्याउने जिम्मा पाएका ठेकेदारको आगमन हुन्छ । उनी अन्य कुराहरु भन्दा पनि मैले भिरेको ‘मिडिया’ टि-सर्ट देखेपछि आक्रामक हुन्छन् । उनले त्यतिमात्रै होइन । पत्रकारहरुले पौडी पोखरीको एक छेउको सानो टुक्रा टाइल निकालेको आरोपसमेत लगाउँछन् ।

पौडी पोखरीको उत्तरपट्टीको एक छेउमा सानो आयत आकारमा टाइल निस्किएको छ । त्यसको फोटो खिचेर पत्रकारले राजनीति गर्न खोजेको ति ठेकेदारको बोली थियो ।

यता, राखेपले खटाएका प्राविधिकले पनि पौडीका लागि आवश्यक पानीको हिसाब गरेर । पर्सि हुने खेल अहिलेकै अवस्थामा नहुने दावी गरिसकेका छन् ।

उनका अनुसार आइतबारको खेलका लागि शनिबार साँझसम्म पौडी पोखरी पानीले भरिसक्नु पर्छ । त्यो भरिएन भने आइतबारको खेल नै रद्द हुन्छ । खेल सञ्चालन गर्न ५ फिट पानी पोखरीमा हुनै पर्ने ति प्राविधिकको दावी छ ।

उनी भन्छन्, ‘कुनै पनि हालतमा खेल गरिछाड्छौं भन्यो भने तीन फिट पानी हुनै पर्छ त्यो भन्दा कममा पौडी खेल्नै मिल्दैन् । तीन फिट पानी भर्नका लागि पनि १२ लाख लिटर पानी आवश्याक पर्छ,’ उनले अगाडि भने,’ अहिले रंगशाला बरिपरी जतिपनि बोरीङ छन् ती सबै रातभरी लगाउँदा पनि ४ लाख लिटरमात्रै पानी जम्मा हुन्छ भने भोलीपल्ट पनि दिनभरी पानी लगाउँदा २ लाख लिटर पानी थपिन्छ ।’

यता, पौडी संघका अध्यक्षले भने कुनै पनि हालतमा सबै काम सम्पन्न गरेरमात्रै खेल खेलाउने बताएका छन् । उनले भने,’हामीले जसरी भएपनि खेल खेलाउनै पर्छ भनेका छौं । तर, अहिले पोखरीमा गएर हेर्दा सम्भावना कम छ । त्यसको बारेमा हामीले आयोजक कमिटिसँग छलफल गछौं ।’

यसअघि छैठौं राष्ट्रिय खेलकुदमा पनि पौडी खेल प्रतियोगितास्थल धनगढीमा हुन सकेको थिएन । उक्त समय पौडी विरगञ्जमा गरिएको नेपाली राष्ट्रिय पौडी खेलका प्रशिक्षक शंकर कार्कीले बताए ।

विकल्प के त ?

आठौं राष्ट्रिय खेलकुदकै लागि भनेर निर्मौण गरिएको भैतिक पूर्वाधार प्रतियोगितामा उपयोग हुन सकेन भने यसले राम्रो सन्देश दिदैन र जुनसुकै अवस्थामा पनि यो पोखरी यतिबेला नै तयारी भइसक्नु पर्ने हो । तर, सञ्चना निर्माणमा ढिलाई भएसँगै अब यसको विकल्पको खोजी भइरहेको छ ।

प्रतियोगिता नेपालगञ्जमै गर्ने हो भने यहाँको कुनै होटलमा हुनेछ । तर, त्यहाँ २५ मिटर भन्दा ठूलो पोखरी नभएकाले पौडीलाई ललितपुरमै पनि सार्नै सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । तर, पनि राखेप स्रोतले नेपालगञ्जको नयाँ बनेको पौडी पोखरीमै हुने अथवा अन्यत्र कतै सार्ने भन्ने निर्णय शनिबार बिहानसम्ममा निर्णय गर्ने बताएको छ । यहीँ भएकेही दिन सारेर पौडी खेल खेलाइने छ भने अन्यत्र लगे १–२ दिनमात्रै सारेर भएपनि खेलाइने स्रोतले जानकारी दिएको छ ।

नेपालगञ्जमा मात्रै १० ट्याङ्की

राखेप स्रोतका अनुसार नेपालगञ्जको पौडी पोखरी भर्न कोहलपुर र नेपालगञ्जका सबै संस्थाहरुसँग भएका ट्याङ्की बोलाइएको छ । तर, पनि कोहलपर र नेपालगञ्जमा रहेका ट्याङ्करबाट पानी बोकाउँदा त्यत्रो ठूलो मात्रामा पानी ल्याउन असम्भव नै छ । १६ लाख पानी बोक्न कम्तिमा पनि १सय१५ भन्दा वढी ट्याङ्करको आवश्यकता पर्दछ ।

तर, बाँकेमा सबै कार्यलयसँग गरी जम्मा १०–१२ वटा ट्याङ्करमात्रै उपलब्ध हुने सम्भावना रहेको प्राबिधिकले बताए । त्यसमा पनि पानी कोहलपुरबाट ल्याउनु पर्ने छ । पानीसम्म पुग्न १६ किलोमिटरको बाटो हिड्नु पर्छ भने एक ट्याङ्कर भर्न ३० मिनेटसमय लाग्छ । एउटा ट्याङकरलाई पानी ल्याउने ठाउँबाट पौडी पोखरीसम्म आइपुग्न एक घण्टाको समय लाग्नेछ ।

स्थानीयको हड्ताल

पौडी पोखरी बनाउन शुरु गरेपछि पोखरी बरीपरीका स्थानीयले प्रदेश नम्बर ५ को खेलकुद परिषद्को कार्यालय घेराउ गरेका थिए । उनीहरुको आन्दोलन थियो । पौडीका लागि बनाइएका बोरिङबाट पानी निकाल्न थालेपछि स्थानीयका धारा सुकेका थिए । उक्त बोरिङ ३सय मिटल तलसम्म गाडेको राखेप प्राविधिकले बताए ।

स्थानीयले आक्रोसित भएपछि स्थानीय र राखेपबीच १६ घण्टा राखेपले पानी तान्ने र ८ घण्टा पानी बन्द गर्ने निर्णय गरिएको उनले बताए । यो सहमति पछि अहिले राखेपले १६ घण्टामात्रै बोरिङ चलाउँछ । त्यसबाट प्रति सेकेन्ट ५ लिटरका हिसाबले पानी आउँछ । त्ये सहित रंगशालाभित्रका सबै बोरिङको पानी पोखरीमा हाल्दा पनि रातभरमा जम्मा ४ लाख लिटर पानी हुने उनको दावी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ५३ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय