कारागार हातामा मन्दिर निर्माण « Khabarhub

कारागार हातामा मन्दिर निर्माण


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको एक लाख अनुदानमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिए । कारागार हातामा नवनिर्मित सरस्वती मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । सो अवसरमा सांसद पार्वती विशुन्केले दैलेख कारागारका कैदीबन्दीलाई जेलजीवन रचनात्मक काममा उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा दैलेखका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाले कैदीबन्दीलाई असल चालचलनका आधारमा कैदी मिनाह हुने कानूनी व्यवस्था भएकाले आफूलाई समयअनुसार परिस्कृत गर्न सुझाव दिए । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह, भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले दैलेख कारागारमा कैदीबन्दीले योग व्यायाम, धार्मिक अनुष्ठान र सीप सिक्न ध्यान दिएकाले आफूहरु सहयोग गर्न उत्सुक भएको बताए।

कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्री, मानबहादुर नेपाली, पुस्तकालयका उपेन्द्र शाहीले कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीलाई आयमूलक सीप विकास तालीम, तनाव कम गराउन मनोविमर्श सेवा र कानूनी सहायता कक्षको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : १४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर