सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह « Khabarhub

सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह



सन् २०१२ मा अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा अमेरिकी सेनाको मरिन कप्सकी सारजेन्ट क्रिस्टी एनिस जसोतसो बच्न सफल भइन् । उनी गम्भीर घाइते पनि भइन्, यसक्रममा उनको एउटा खुट्टा गुम्यो तर उनले पछाडि फर्केर हेरेकी छैनन् ।

अब उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको उद्देश्यका साथ अघि सरेकी छिन् । उनको बायाँ घुँडाभन्दा मुनी खुट्टा छैन । उनको सगरमाथा आरोहण सफल भएमा उनी ८,८४८ मिटर उचाईको सगरमाथा आरोहण गर्ने पहिलो अपांग महिला बन्नेछिन् ।

केही समय सगरमाथाको वातावरणसँग घुलमिल गर्नका लागि गरिने आरामपछि उनी विस्तारै आफ्नो टिमसहित सगरमाथाको शिखरतर्फ अघि बढ्नेछिन् । अडिग संकल्प र उत्साहले आफूलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्याउने उनको विश्वास छ ।

उनी ‘मेकिङ्ग अ मिलियन डलर्स टु गिभ अ मिलियन डलर अवे’ भन्ने नारा लिएको क्रिष्टी फाउण्डेसनका लागि पनि पैसा भेला पार्ने र यसबारे जागरकता जगाउन. अभियानमा छिन् । शिक्षा, अवसर र घरबाहिरको उपचारलाई यो फाउण्डेसनको लक्ष्य छ ।

पछिल्ला केही दिनयता क्रिष्टीले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरबाट सुन्दर तस्वीरहरु अपलोड गरिरहेकी छिन् । सगरमाथाको शिखरतर्फ पाइला अघि बढाउनुअघि इन्स्टाग्राममा उनले भनेकी छिन्, मैले मेरा औजारलाई अहिले बेलुकी पूजा गर्नका लागि तयार पनि गरिसकेकी छु । म नेपालमा आउनुअघि आजसम्म मैले जीवनमा आफूलाई यति धेरै धन्य कहिल्यै पनि महशुस गरेकी थिइन । इश्वरको मर्जी भएमा शिखरका लागि मैले आरोहण गर्दाको पहिरन, बुट, प्राविधिक औजार र अरु सामान तयार पारेकी छु । यसअघि टेलिभिजनमा मात्र देखेको समारोहका लागि म निकै उत्साहित छु ।


उनको कथा अमेरिकी सेनाको मरिनबाट नै शुरु भएको हो । सानैबाट उनलाई अमेरिकी सेनामा जागिर खाने रहर थियो । उनका आमाबाबु दुबै अमेरिकी सेनामा थिए । अहिले उनी विश्व कीर्तिमान राख्ने तथा अन्य मानिहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न उत्प्रेरित गर्ने अभियानमा छिन् ।

उनले यसअघि तान्जानियामा रहेको १६१०० फिट उचाईको किलिमन्जारो पहाड र इण्डोनेशियामा रहेको १६००० फिट उचाईको पुनक जाया पहाडको सफल आरोहण गरिसकेकी छिन् । दुबै सफलताका क्रममा उनले एक खुट्टा नहुने पहिलो महिला आरोहीको कीर्तिमान पनि उनको नाममा लेखिइसकेको छ ।

उनको इन्स्टाग्राम पोष्टमा लेखिएको छ, कहिले यो पर्याप्त हुन्छ ? यो लत हो, सायद नशाजस्तै । यो अझ धेरै, धेरै कष्टहरु, धेरै उचाईहरु, धेरै प्रयत्नहरु, धेरै मनोरम दृश्यहरु र निकै नै थोरै सीमाहरुको अतृप्त अभिलासा हो । मलाई हजारौँ पटक किन भनेर प्रश्न सोधिएको छ । जब तपाई यी हिमालका श्रृंखलाहरुको विशालतामा आफैँलाई गुमाएर फेरि एकपटक आफैलाई पाउनुहुन्छ, तबमात्र अहिलेसम्म जे गर्दै हुनुहुन्थ्यो, सबै गलत रहेछन् भन्ने तपाईलाई लाग्नेछ । यहाँ एक किसिमको कन्चन र जीवन्त छ । जीवनका सबै कुरा तपाईँको हातमा हुँदैन । तपाईँको वशमा केही हुँदैन, खासगरी त्यो पनि हिमाली भेगमा । यहाँ तपाईँको समस्याले केही फरक पार्दैन – तपाईँले केही फरक पार्नुहुन्न । यो सबैभन्दा स्वतन्त्र र विनम्र अनुभूति हो । आफ्नो दिमागबाट नभई मनबाट बाँच्ने अनुभूति हो ।

साँच्चै भन्दा यसअघि सन् २०१५ मा उनले बेलायतमा १,६०० किलोमिटर लामो हिडाइका क्रममा राजकुमार ह्यारीसँग पनि भेट्न पाएकी थिइन्, त्यसबेला उनलाई राजकुमार ह्यारीले अंगालो समेत हालेका थिए । त्यही वर्षदेखि उनले हिमाल चढ्न शुरु गरेकी हुन् ।

यस पटक उनलाई आफ्ना पार्टनर तथा भिडियोग्राफर क्रिष्टोफर पोलोकसहितको टिमले साथ दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ३ : ५१ बजे

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका