पार्टी अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गर्ने देउवाको चेतावनी « Khabarhub

पार्टी अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गर्ने देउवाको चेतावनी


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिवार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए ।

“ सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ”, देउवाले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।

पार्टीभित्र अनुशासन हराउँदै गएको ले अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिने देउवाले बताए । उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसल आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । “पार्टीभित्रको गुठ उपगुट अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन”, उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  २ : ५९ बजे

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन ओलीको आग्रह

काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ

राप्रपाको केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

काठमाडौ-( हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र

तलेजु मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो, मांसाहुति होम सम्पन्न

भक्तपुर- भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको दर्शनका लागि

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको