भारतको चेन्नई पुगेका किशोरको उद्धार « Khabarhub

भारतको चेन्नई पुगेका किशोरको उद्धार


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ ।ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो ।

भारतीय सुरक्षा पदधिकारीले गत चैत १३ गते विभिन्न बसबाट ती किशोरलाई हिरासतमा लिएर संरक्षणका लागि उक्त बालगृहमा राखेका थिए । केन्द्र्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत सञ्जीव महतोका अनुसार उद्धार भएकामा महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई बालक छन् ।बाह्र देखि १७ वर्षका ती किशोर चेन्नईमा राम्रो रोजगारी पाइन्छ भनी साथीहरूबाट सुनेकाले त्यसतर्फ जान लागेको बताइएको छ । उद्धार गरिएका सबै बालक अशिक्षित छन् ।

उद्धार गरिएका बालक प्रवीण पासवानका अनुसार भारतीय सुरक्षाकर्मीले नागरिकता नहुनेलाई नियन्त्रणमा लिने र नागरिकता हुनेलाई चेन्नई जान दिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्धार गरिएका बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न सुझाव दिए । उनले रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला निकाल्ने गरिएकाले आ–आफ्ना छोराको ख्याल गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : ५५ बजे

राष्ट्रिय कर दिवस : साताव्यापी कार्यक्रम सुरु

काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता

ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारी रोबर्ट प्याटिन्सनलाई, ००७ को नयाँ अवतारमा देखिने

काठमाडौं– चर्चित जासुसी पात्र जेम्स बोन्ड अब नयाँ अनुहारसहित पर्दामा

‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’

काठमाडौं– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न