युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या « Khabarhub

युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युएई – वैदेशिक रोजगारीका लागि यूएईमा गएका दुई नेपालीबीच विवाद भएपछि चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ ।

युएईको रसअलखेमामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीबीचको विवादले उग्र रुप लिएपछि चुक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । उनमाथि भोजपुरका युगेन्द्र राईले चक्कु प्रहार गरेका थिए । रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा उनीहरु कार्यरत थिए ।

सँगै रक्सी खान लागेको समयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि युगेन्द्रले चक्कु प्रहार गरेका थिए ।

सोमबार दिउँसो सँगै रक्सी खान बसेका उनीहरुबीच आफ्नो जिल्लामा भएको विकासलाई लिएर विवाद शुरु भएको उनीहरुसँगै काम गर्ने एक साथीले बताए ।

‘दुई जना सँगै रक्सी खाइरहेका थिए’ प्रत्यक्षदर्शी समेत रहेका एक जना साथीले भने,‘दुबै जनाले आआफ्नो जिल्लामा धेरै विकास भएको भन्दै विवाद गरिरहेका थिए ।’ चौधरीले पाल्पा र राईले भोजपुरमा धेरै विकास भएको भन्दै विवाद गरेका थिए । विवादले उग्ररुप लिइरहेका बेलामा राईले चौधरीमाथि चक्कु प्रहार गरेका थिए ।

घटनापछि स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये दुई नेपालीलाई स्थानीय प्रशासनले छोडेको छ र उनीहरु काममा फर्किएका छन् भने राई थप अनुसन्धानका लागि भन्दै जेल चलान भएका छन् ।

मृत्यु भएका चौधरी र राई विगत एक वर्षदेखिसँगै बस्दै आएका थिए । तर घटनाबारे जानकारी नआएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ११ बजे

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले