जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु « Khabarhub

जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ ।

एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ ।

सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।

यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ४४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा