जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु « Khabarhub

जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ ।

एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ ।

सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।

यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ४४ बजे

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी

सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु

मकवानपुरमा ३१ हजारभन्दा धेरै मत बदर

काठमाडौँ- मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय

मलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भयो : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई