वायु प्रदुषणका कारण लाग्छन् यस्ता रोग, कसरी स्वस्थ्य रहने ? « Khabarhub

वायु प्रदुषणका कारण लाग्छन् यस्ता रोग, कसरी स्वस्थ्य रहने ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वायु र हावाबिना हामी जीवित रहन सक्दैनौं । बाँच्नको लागि चाहिने वायु र हावा प्रदुषित भएमा हाम्रो स्वास्थ्यलाई पनि असर पर्छ । कुनै पनि हानिकारक रसायनिक, भौतिक  तथा जैविक तत्वहरुका कारण वायुमण्डलमा मिसिदा वायु प्रदुषण बढ्दै गएको छ । वायु प्रदुषणका कारण मानिसमा विभिन्न किसिमका दिर्घरोगहरुको समस्या पनि बढ्दै गएको छ ।

किन हुन्छ वायु प्रदुषण ?

–धुलो,

– कलकारखानाबाट निस्कने धुवाँ,

–वनजंगलमा लाग्ने डढेलो,

–काठ, इन्धन वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुवा,

–घरमा लगाउने रंग,स्प्रे,

–धुम्रपानको धुँवा आदि ।

वायु प्रदुषणले यस्तो रोगका खतरा

–मुटु तथा रत्तनली सम्बन्धी रोग,

– दम, तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग,

– फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ,

–मस्तिष्कघात हुनसक्छ,

–आँखा, नाम र घाँटिको संक्रमण हुनसक्छ,

–कम तौल भएका शिशु जन्मन सक्छन्,

–अवदि नपुग्दै शिशुको जन्म हुन्छ ।

वायु प्रदुषण कसरी रोक्ने ?

–धुम्रपान नगर्ने,

– धुवाँ रहित चुल्लोको प्रयोग गर्ने,

–धुवा निकाल्ने सवारी साधनहरुको सट्टा धुवाँ ननिकाल्ने साधन प्रयोग गर्ने,

–कारखानाहरु मानव बस्ती नजिक नबनाउने,

–वन विनाश नगर्ने,

–वृक्षा रोपण गर्ने,

–प्रदुषित वातावरणमा नहिड्ने,

–प्रदुषित वातावरणमा हिड्नु परेमा आँखा, नाक,मुख र शरीरको सुरक्षामा विशेष ध्यान दिने ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : ०३ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार