अन्यायमा पशुपतिनाथ, १७ हजार रोपनीको आम्दानी ७४ लाख « Khabarhub

अन्यायमा पशुपतिनाथ, १७ हजार रोपनीको आम्दानी ७४ लाख


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्ट दैनिकले अन्यायमा पशुपतिनाथ शीर्षकमा मुख्य समाचार छापेको छ । पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गको आयस्ता अर्बौ हुन सक्छ ।

तर, १७ हजार रोपनीबाट भाडा उठ्छ–वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।  त्यसैगरी पत्रिकाले अध्यागमन सुरक्षामा अमेरिकी चासो शीर्षकको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति गम्भीर चासा व्यक्त गरेको छ ।

श्रीलंकामा भएको आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियाली उपस्थिति बढिरहेको सन्दर्भमा जोडेर अमेरिकाले नेपाली अधयागमन सुरक्षामा चासो देखाएको हो । त्यसैगरी पत्रिकाले मुस्ताङका किसानलाई २० लाख राहत शीर्षकमा अर्को समाार चापेको छ । गण्डीक प्रदेश सरकारले मुस्ताङका किसानलाई २० लाख रुपैयाँ राहत दिने भएको छ । दुई महिनाअघि हिमतापतका कारण मुस्ताङ ठूलो संख्यामा याक, चौरी, भेडा च्याङ्ग्रा मरेको थिए । गाउँपालिकालो राहतका लागि ७ लाख ३१ हजार रुपैयाँ छुट्याएको हो ।

यसैगरी पत्रिकाले ओखलढुंगामा शेर्पा भाषामा पठनपाठन शीर्षकको अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । खिजिदेम्बा गाउँपालिका ९ छेर्मादिङस्थित शिवालयमा माविमा फेरि शेर्पा भाषामा पठनपाठन शुरु भएको छ । नयाँ शैक्षिक सत्रदेखि स्थानीय विषयअन्तर्गत कक्षा १ र २ सम्म शेर्पामा पढाइ हुन थालेको प्रधायना्रध्यापक भानुभक्त नेपालले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ०५ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर