फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै पल्ला भारी ! « Khabarhub

फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै पल्ला भारी !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ ।

हालका प्रधानमन्त्री नरेद्र मोदीको विशेष चर्चा छ । उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका मोदीले पुनः भारी मतका साथ विजयी हुने विश्लेषण समेत गर्न थालिएको छ । विभिन्न एक्जिट पोलहरुले पनि मोदीको पार्टीकै अग्रता देखाउन थालेका छन् ।

आइतबार सातौं तथा अन्तिम चरणमा बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि मतदान सम्पन्न भएको हो । आउँदो विहीबारबाट मतगणना शुरु हुनेछ । आइतबारको निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

सातौं चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिट तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान सम्पन्न भएको थियो ।  मतदान सम्पन्न भएसँगै लोकसभा निर्वाचनका विभिन्न मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक-सी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, काँग्रेस नेतृत्वको युपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।

यस्तै टाइम्स नाउ–भीएमआरका अनुसार एनडीएल ३ सय ६ सिट, युपीएले १ सय ३२ सिट र अन्यले १ सय ४ सिटमा जित हासिल गर्न सक्छन् ।

रिपब्लिक–जनका अनुसार एनडीएले ३ सय ५, युपीएले १ सय २४ र अन्यले १ सय १३ ल्याउने देखिएको छ ।

न्युज नेशनकाअनुसार एनडीएले २ सय ८२ देखि २ सय ९० सम्म, युपीएले १ सय १८ देखि १ सय २६ सम्म र अन्यले १ सय ३० देखि १ सय ३८ सम्म सीट जित्नसक्नेछन् । यद्यपि विगतका एग्जिट पोलका नतिजाहरू सत्यभन्दा निकै टाढा भएको पनि पाइएको छ ।

गत अप्रिल १२ बाट शुरु भएको निर्वाचन आइतबार सकिएपनि नेता तथा कार्यकर्ताहरु भने मत परिणामको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ५९ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले