फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै पल्ला भारी ! « Khabarhub

फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै पल्ला भारी !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ ।

हालका प्रधानमन्त्री नरेद्र मोदीको विशेष चर्चा छ । उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका मोदीले पुनः भारी मतका साथ विजयी हुने विश्लेषण समेत गर्न थालिएको छ । विभिन्न एक्जिट पोलहरुले पनि मोदीको पार्टीकै अग्रता देखाउन थालेका छन् ।

आइतबार सातौं तथा अन्तिम चरणमा बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि मतदान सम्पन्न भएको हो । आउँदो विहीबारबाट मतगणना शुरु हुनेछ । आइतबारको निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

सातौं चरणको निर्वाचनमा उत्तर प्रदेश र पञ्जाबमा १३–१३ सिट, पश्चिम बंगालका नौ, बिहार र मध्यप्रदेशका आठ–आठ सिट, हिमाञ्चलका सबै चार सिट, झारखण्डका तीन सिट तथा केन्द्र शासित चण्डीगढको एक सिटमा मतदान सम्पन्न भएको थियो ।  मतदान सम्पन्न भएसँगै लोकसभा निर्वाचनका विभिन्न मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक-सी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, काँग्रेस नेतृत्वको युपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।

यस्तै टाइम्स नाउ–भीएमआरका अनुसार एनडीएल ३ सय ६ सिट, युपीएले १ सय ३२ सिट र अन्यले १ सय ४ सिटमा जित हासिल गर्न सक्छन् ।

रिपब्लिक–जनका अनुसार एनडीएले ३ सय ५, युपीएले १ सय २४ र अन्यले १ सय १३ ल्याउने देखिएको छ ।

न्युज नेशनकाअनुसार एनडीएले २ सय ८२ देखि २ सय ९० सम्म, युपीएले १ सय १८ देखि १ सय २६ सम्म र अन्यले १ सय ३० देखि १ सय ३८ सम्म सीट जित्नसक्नेछन् । यद्यपि विगतका एग्जिट पोलका नतिजाहरू सत्यभन्दा निकै टाढा भएको पनि पाइएको छ ।

गत अप्रिल १२ बाट शुरु भएको निर्वाचन आइतबार सकिएपनि नेता तथा कार्यकर्ताहरु भने मत परिणामको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ५९ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट