बालबालिकामा कुपोषणको समस्या बढ्दै « Khabarhub

बालबालिकामा कुपोषणको समस्या बढ्दै


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पश्चिम तराईंको बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको छ ।

विज्ञहरुका अनुसार उपचारका लागि भर्ना हुने बालबालिकाको संख्याले बाँकेका बालबालिकाहरुमा कुपोषण बढ्दो मात्रामा रहेको छ ।

कुपोषित बालबालिकाको उपचारका लागि यहाँ स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा हाल ४ सय १८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये १ सय १४ उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको बालबालिकाको पोषणका क्षेत्रमा कार्यरत सुहारा कार्यक्रमका संयोजक इन्द्र आउजी बताउँछन् ।

केन्द्रमा भर्ना गरेकामध्ये २०५ कुपोषित बालबालिकाले बीचमै औषधि छाडेको पाइएको छ । जसका कारण कुपोषित बालबालिका जोखिममा पर्ने गरेका छन् ।

उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।

सबैभन्दा धेरै कुपोषित बालबालिका बाँकेको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।

बालबालिकामा कुपोषण बढ्नुको प्रमुख कारण पोषणयुक्त खानपानको कमि हो । न्यून आर्थिक अवस्था र अभिभावकको लापरवाहीका कारण बालबालिकाहरुमा कुपोषणको समस्या देखिने गरेको चिकित्कहरु बताउँछन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : ०६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा