बालबालिकामा कुपोषणको समस्या बढ्दै « Khabarhub

बालबालिकामा कुपोषणको समस्या बढ्दै


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पश्चिम तराईंको बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको छ ।

विज्ञहरुका अनुसार उपचारका लागि भर्ना हुने बालबालिकाको संख्याले बाँकेका बालबालिकाहरुमा कुपोषण बढ्दो मात्रामा रहेको छ ।

कुपोषित बालबालिकाको उपचारका लागि यहाँ स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा हाल ४ सय १८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये १ सय १४ उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको बालबालिकाको पोषणका क्षेत्रमा कार्यरत सुहारा कार्यक्रमका संयोजक इन्द्र आउजी बताउँछन् ।

केन्द्रमा भर्ना गरेकामध्ये २०५ कुपोषित बालबालिकाले बीचमै औषधि छाडेको पाइएको छ । जसका कारण कुपोषित बालबालिका जोखिममा पर्ने गरेका छन् ।

उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।

सबैभन्दा धेरै कुपोषित बालबालिका बाँकेको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।

बालबालिकामा कुपोषण बढ्नुको प्रमुख कारण पोषणयुक्त खानपानको कमि हो । न्यून आर्थिक अवस्था र अभिभावकको लापरवाहीका कारण बालबालिकाहरुमा कुपोषणको समस्या देखिने गरेको चिकित्कहरु बताउँछन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : ०६ बजे

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल