‘जात्रै जात्रा’ मा टिजरका दृश्य किन राखिएन ? « Khabarhub

‘जात्रै जात्रा’ मा टिजरका दृश्य किन राखिएन ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमा घरमा कमालको व्यापार गरिरहेको चलचित्र ‘जात्रै जात्रा’ फिल्म छायांकनमा जानुपूर्व नै चर्चामा थियो । किनकि, यसको पहिलो भाग पनि हिट भएको थियो । सामान्य कथालाई रोचकताका साथ प्रस्तुत गरिएको यो फिल्मले छायांकनको घोषणासँगै टिजर सार्वजनिक गरेको थियो ।

टिजरमा असनको बजारमा फिल्मका तीन शीर्ष पात्र भागिरहेको देख्न सकिन्छ । यस्तै दोस्रो टिजरमा उनै तीन पात्र फणिन्द्र, जोयस र मुन्ना भाग्दै मर्ने योजना बनाएको र मर्न खोज्दा पनि पक्राउ परेको देखाइएको छ । यी दृश्य फिल्ममा भने छैनन् । जसकारण फिल्म हेरेका दर्शकलाई ती दृश्य नदेख्दा नरमाइलो महसुस पनि भइरहेको छ ।

यसैबीच हामीले फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईलाई सोध्यौँ – टिजरमा समावेश ती दृश्य किन राख्नुभएन ?

प्रश्नको उत्तरमा उनले ‘जात्रै जात्रा’ को कथा बुझाउनका लागि छुट्टै टिजर बनाइएको बताए । ‘हामीले टिजरमा पूरै फिल्मको थिम बुझाउन खोजेका हौँ, ती टिजरका कथा नै फरक हुन्, टिजरमा समावेश कथा नै फिल्मको विकसित कथा हो,’ निर्देशक भट्टराईले भने ।

दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म कमेडी विधामा निर्माण भएको हो । फिल्मले कमेडीका माध्यमबाट समाजका कैयन् विकृतिमाथि पनि आवाज उठाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १२ : २१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा