लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध | Khabarhub Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले तराईं–मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि राजपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

लामो समयदेखि आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै आएको तथा सदनबाट सो विषयमा रुलिङ भइसक्दा पनि सरकारले कुनै चासो नदिएको चौधरीको भनाइ थियो । साथै, सरकारले संसदको रुलिङ उल्लंघन गरेको पनि सांसद चौधरीले आरोप लगाइन् ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक शुरु भएको जानकारी गराउसाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख महराले भने राजपाका सांसदहरुको विरोधप्रति सरकारको पर्याप्त ध्यान गएको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने सभामुखकको आश्वासन पछि राजपाका सांसदहरुले विरोध स्थगित गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ०५ बजे

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

तनहुँ– तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा

‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति

कञ्चनपुर– ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइँदै

काभ्रेपलाञ्चोक– राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १०

न्यूजर्सी आइल्याण्ड : पहिले हिटलरको उपनिवेश, अहिले गाई र पर्यटकको लर्को

१९ अप्रिल १९९९ बाट जर्सी टापुस्थित ‘ड्युरेल वाईल्ड लाईफ प्रिजर्भेशन

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी– प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा