लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध « Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले तराईं–मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि राजपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

लामो समयदेखि आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै आएको तथा सदनबाट सो विषयमा रुलिङ भइसक्दा पनि सरकारले कुनै चासो नदिएको चौधरीको भनाइ थियो । साथै, सरकारले संसदको रुलिङ उल्लंघन गरेको पनि सांसद चौधरीले आरोप लगाइन् ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक शुरु भएको जानकारी गराउसाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख महराले भने राजपाका सांसदहरुको विरोधप्रति सरकारको पर्याप्त ध्यान गएको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने सभामुखकको आश्वासन पछि राजपाका सांसदहरुले विरोध स्थगित गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ०५ बजे

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।