सार्वजनिक यातायतका साधनमा थप विशेष प्रहरी परिचालन हुने « Khabarhub

सार्वजनिक यातायतका साधनमा थप विशेष प्रहरी परिचालन हुने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका साधानमा महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न प्रहरीले थप विशेष टोली परिचालन गर्ने भएको छ ।

सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसाका घटना रोक्न प्रहरीले गत वर्षदेखि विशेष टोली परिचालन गरेको थियो । विशेष टोलीले सार्वजनिक यातायातमा महिलामाथि हिंसा गर्ने २ सय ४३ जनालाई गत वर्ष पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्रीले सार्वजनिक बसमा महिलामाथि हुने हिंसा कम गर्न थप विशेष प्रहरी परिचालन गर्न लागिएको बताएका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै डिआईजी थापाले अपराध नियन्त्रणमा सो ब्यूरोले प्रभावकारी काम समेत गरेको बताए ।

पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उनको भनाइ थियो । डिआईजी थापाले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न पनि अभिभावकलाई सुझाव दिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ५२ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६