राजश्व चुहावट नियन्त्रण गर्न प्रदेश र स्थानीय तहले पनि कारबाही गर्न पाउने « Khabarhub

राजश्व चुहावट नियन्त्रण गर्न प्रदेश र स्थानीय तहले पनि कारबाही गर्न पाउने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व चुहावट नियन्त्रण गर्न अब प्रदेश र स्थानीय तहले पनि कारबाही प्रक्रिया अगाडि बढाउन पाउने भएका छन् ।

सरकारले सोमबारको प्रतिनिधिसभाको बैठकमा पेश गरेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ पारित भए प्रदेश र स्थानीय तहले पनि उक्त अधिकार पाउने छन् ।

प्रतिनिधिसभाको सोमबारको वैठकमा विधेयक पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले राजश्वका अधिकार प्रदेश र स्थानीय तहमा गएकाले राजश्व चुहावटमा पनि प्रदेश र स्थानीय तहले कारबाही गर्नसक्ने व्यवस्था विधेयकमा गरिएको बताए ।

राजश्व चुहावट नियन्त्रणको दायरालाई फराकिलो बनाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउने मन्त्री खतिवडाको भनाइ थियो । साथै, राज्य संचालनको परिवर्तित मोडल अनुसार राजश्व संकलन र प्रभावकारी परिचालनका लागि सरकारले संसोधन विधेयक ल्याएको खतिवडाले दाबी गरे ।

उनले राजश्व चुहावटमा धेरै प्रकारका प्रकृति र प्रवृति हुने र ती विषयलाई प्रस्तावित ऐनको विधेयकले सम्बोधन विश्वास व्यक्त गरे ।

कर छलि गर्नेलाई कारवाही गर्ने अधिकारीका बारेमा पनि विधेयकमा स्पष्ट गरिएको खतिवडाले जानकारी दिए ।

राजश्व संकलन र कर चुहावट नियन्त्रण गर्ने अर्थमन्त्रालय मात्रै एउटै निकायको रुपमा रहँदा नियन्त्रण र संकलनको काम हुदैन भनेर प्रधानमन्त्रीको कार्यालयमा राजश्व अनुसन्धान विभागलाई लगेको र अनुगमनको प्रभावकारीता बढाउने विषय विधेयकमा समावेश गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : १९ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका