बाँकेका दुर्गम गाउँमा सरुवा रोगको प्रकोप, औषधि र स्वास्थ्यकर्मीको अभाव « Khabarhub

बाँकेका दुर्गम गाउँमा सरुवा रोगको प्रकोप, औषधि र स्वास्थ्यकर्मीको अभाव


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप बढेको छ । झाडापखाला र कमलपित्त (जण्डिस)जस्तो रोगको प्रकोप फैलिए पनि उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको अभाव छ ।

जिल्लाको खयरभट्टी, चुनभट्टी, महेशपुरलगायतका गाउँमा सरुवा रोगको प्रकोप देखिएको हो ।

महेशपुरकी स्थानीय मिना बुढाले गाउँमा फैलिएको सरुवा रोगका कारण स्थानी आक्रान्त बनेको बताइन् । रोगको प्रकोप बढ्दै गएपनि गाउँमा भएको एउटा स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएको बुढाले सुनाइन् ।

आफ्ना १० वर्षीया छोरा पनि कमलपित्त (जण्डिस)बाट ग्रसित रहे पनि उपचारका लागि गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बुढाले सुनाइन् ।

‘छोरालाई जण्डिस भएको १ महिना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्ज पु¥याउँदा पनि ठीक भएको छैन,’ बुढाले भनिन्, ‘अब त छोराको उपचार गर्न पनि पैसा छैन ।’

बुढाले गाउँका हरेक घरमा जण्डिस र झाडापखालका बिरामी रहेको पनि सुनाइन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ३ : १३ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित