इस्लामिक स्टेटआबद्ध कैदीद्वारा जेलभित्रै झडप, सुरक्षाकर्मीसहित ३२ जना मारिए « Khabarhub

इस्लामिक स्टेटआबद्ध कैदीद्वारा जेलभित्रै झडप, सुरक्षाकर्मीसहित ३२ जना मारिए


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताजिकिस्तान– आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीहरुले ताजिकिस्तिानको एक जेलमा हिंसा मच्चाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

राजधानी दुशान्बेबाट १० किलोमिटर टाढा बाखदात शहरमा रहेको जेलमा हिंसात्मक दंगा मच्चिएको हो । उक्त घटनामा ३ जना जेलका सुरक्षाकर्मी तथा २९ कैदी मारिएको जनाइएको छ । इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीले शुरुमा चक्कु प्रहार गरी तीन सुरक्षाकर्मी तथा ५ कैदीको हत्या गरेपछि हिंसा शुरु भएको थियो ।

हिंसालाई साम्य पार्न सुरक्षाकर्मीले जेलभित्र गोली चलाएका थियो । यसक्रममा अन्य २४ कैदी मारिएको जनाइएको छ । सन् २०१५ मा इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेका ताजिकिस्तानको वरिष्ठ सुरक्षा अधिकारी गुलरमोड खालिमोभका छोरा बेखुर्ज गुलमरोडको नेतृत्वमा हिंसा शुरु भएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ३ : ५१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं