लक्ष्मी उदीयमान खेलाडी घोषित « Khabarhub

लक्ष्मी उदीयमान खेलाडी घोषित


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ उदीयमान खेलाडी घोषित भएकी छन् ।

सोमबार भएको कार्यक्रममा उदीयमान खेलाडी घोषित भएको लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते ।

पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य इन्दिरा निरौलाले उद्घाटन गरेकी थिइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ६ : २९ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम