नागरिकता विधेयकप्रति नेकपाकै नेताहरुको असन्तुष्टि | Khabarhub Khabarhub

नागरिकता विधेयकप्रति नेकपाकै नेताहरुको असन्तुष्टि


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता विधेयकका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुकै बीचमा असन्तुष्टि देखिन थालेको छ ।

सोमबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटि सदस्य भीम रावलको फरक–फरक विचार सार्वजनिक भएसँगै नेकपा भित्रको असन्तुष्टि सतहमा देखिन थालेको हो ।

नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संविधान प्रदत्त भएको हुँदा सतही बिरोध गर्नुको कुनै अर्थ नरहेको बताए । विधेयकमा प्रस्तावित भएको व्यबस्था गलत भए संविधानको मर्म र भावनालाई हेरेर संशोधन गर्न सकिने बताए ।

यता, नेकपाका नेता भिम रावलले विधेयकमा भएका धेरै प्रावधान पहिलो दृष्टिमा नै संविधान विपरित भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ८ : १३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले