ट्रकमा आगजनी, विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ « Khabarhub

ट्रकमा आगजनी, विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्याकर्ता सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका ३३ वर्षिय पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका १२ का ४८ वर्षिय कमल विसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक सोधपुछ भइरहेको जनाइएको छ । यसअघि हिजो नै विप्लव समूहले आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा सुर्खेत बन्द गर्दै विरोध प्रदर्शन गरेको थियो । बन्दका क्रममा सवारी साधन चलाएको भन्दै बन्दकर्ताले आगजनी समेत गरेका थिए ।

उनीहरुले ना ६ ख १७३२ नम्बरको ट्रकलाई पश्चिम सुर्खेतको बड्डीचौरमा र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रकलाई सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा आगजनी गरेको थिए ।

बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा यात्रुले सास्ती व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ५ : ४१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल