न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार « Khabarhub

न्यायको अनुभूति दिलाउन कांग्रेसको छाँया सरकार


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुई तीन दिनमा छाँया सरकार गठनले पूर्णता पाउने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले अबको तीन दिनभित्र छाँया सरकार गठनले पूर्णता पाउनेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । नेताहरुको व्यस्तताका कारण तोकिएको समयभन्दा ढिलाइ भएको बताउँदै उहाँले आज–भोलिसम्म इच्छुक नेताको निवेदन आइसक्ने बताए ।

सरकारका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन गर्न छायाँ सरकार गठनको आवश्यक परेको नेता विश्वकर्माले बताए । उनले सरकारका पछिल्ला गतिविधिले आक्रान्त जनतालाई न्यायको अनुभूति गराउन छायाँ सरकार आवश्यक परेको उल्लेख गरे ।

सरकारले अधिनायकवादी चरित्र देखाउँदै गएको उहाँको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय नपाउनु र वाइडबडी खरिद प्रकरणमा मुछिएकालाई संरक्षण गरिनु सरकारको बदनियतपन भएको नेता विश्वकर्माले बताए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ९ : २० बजे

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा

काठमाडौँ- कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले

विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर

कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहा गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ- ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका

हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ

काठमाडौँ- धनुषाको मिथिला बिहारी नगरपालिका ४ बाट हत्या अभियोगमा प्रहरीले

बाजुराको मतगणना पुनः सुरु

काठमाडौँ- आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य