‘दाल भात तरकारी’ निरुताका लागि बन्ला त टर्निङ प्वाइन्ट ? « Khabarhub

‘दाल भात तरकारी’ निरुताका लागि बन्ला त टर्निङ प्वाइन्ट ?


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः नेपाली चलचित्रमा व्यस्त छिन् । नाई नभन्नु ल–५ बाट नेपाली चलचित्रमा पुनरागमन गरेपछि उनको एक पछि अर्को गरी चलचित्रमा चर्चा हुन थालेको हो ।

त्यसो त धेरै निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा भित्र्याउन चाहन्छन् । ८–९ वर्ष काँचको पर्दाबाट टाढा रहेपनि ‘नाइँ नभन्नू ल ५’ बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराएका हुन् । उक्त चलचित्रमा उनको भूमिका छोटो भए पनि दर्शकले रुचाएपछि उनीलाई अफरको आइरो लाग्यो । गर्छु भनेका केही फिल्म छाड्दा समेत उनको व्यस्तता अझ बढ्दो पाइएको छ ।

त्यसो त उनले ‘लभ स्टेशन’, ‘हजार जुनीसम्म’ ‘सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रबाट हात छिकिसकेकी छिन् । एक पछि अर्को गर्दै चलचित्रमा उनलाई अफर गरिनु तर उनले चलचित्र नगर्नुको एउटा कारण पारिश्रमिकमा कुरा नमिलेको बुझिएको छ । तर पनि निरुताले भने केही चलचित्रको कथावस्तु चित्त नबुझ्दा समेत छाडेको बताउँछिन् ।
अब उनको प्रदर्शनको पर्खाइमा रहेको चलचित्र भने ‘दाल भात तरकारी’ हो ।

महसञ्चारको निर्माणमा बनेको फिल्म ‘दाल भात तरकारी’ एकातिर दर्शकका लागि पनि प्रतिक्षित चलचित्र हो भने अर्कोतर्फ स्वयं निरुताका लागि पनि अग्निपरीक्षा । हातमा आएका चलचित्र नगर्नुले उनको टर्निङ प्वाइन्ट नै ‘दाल भात तरकारी’ बन्ला कि नबन्ला प्रतीक्षाको विषय बनेको छ । यस चलचित्रमा उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छन् ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : ४३ बजे

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म