‘दाल भात तरकारी’ निरुताका लागि बन्ला त टर्निङ प्वाइन्ट ? « Khabarhub

‘दाल भात तरकारी’ निरुताका लागि बन्ला त टर्निङ प्वाइन्ट ?


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः नेपाली चलचित्रमा व्यस्त छिन् । नाई नभन्नु ल–५ बाट नेपाली चलचित्रमा पुनरागमन गरेपछि उनको एक पछि अर्को गरी चलचित्रमा चर्चा हुन थालेको हो ।

त्यसो त धेरै निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा भित्र्याउन चाहन्छन् । ८–९ वर्ष काँचको पर्दाबाट टाढा रहेपनि ‘नाइँ नभन्नू ल ५’ बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराएका हुन् । उक्त चलचित्रमा उनको भूमिका छोटो भए पनि दर्शकले रुचाएपछि उनीलाई अफरको आइरो लाग्यो । गर्छु भनेका केही फिल्म छाड्दा समेत उनको व्यस्तता अझ बढ्दो पाइएको छ ।

त्यसो त उनले ‘लभ स्टेशन’, ‘हजार जुनीसम्म’ ‘सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रबाट हात छिकिसकेकी छिन् । एक पछि अर्को गर्दै चलचित्रमा उनलाई अफर गरिनु तर उनले चलचित्र नगर्नुको एउटा कारण पारिश्रमिकमा कुरा नमिलेको बुझिएको छ । तर पनि निरुताले भने केही चलचित्रको कथावस्तु चित्त नबुझ्दा समेत छाडेको बताउँछिन् ।
अब उनको प्रदर्शनको पर्खाइमा रहेको चलचित्र भने ‘दाल भात तरकारी’ हो ।

महसञ्चारको निर्माणमा बनेको फिल्म ‘दाल भात तरकारी’ एकातिर दर्शकका लागि पनि प्रतिक्षित चलचित्र हो भने अर्कोतर्फ स्वयं निरुताका लागि पनि अग्निपरीक्षा । हातमा आएका चलचित्र नगर्नुले उनको टर्निङ प्वाइन्ट नै ‘दाल भात तरकारी’ बन्ला कि नबन्ला प्रतीक्षाको विषय बनेको छ । यस चलचित्रमा उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छन् ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : ४३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर