सुर्खेतबाट पनि पुनः श्रम स्वीकृति वितरण शुरु « Khabarhub

सुर्खेतबाट पनि पुनः श्रम स्वीकृति वितरण शुरु


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वैदेशिक रोजगारीमा जाने कामदारको हकमा पुनः श्रम स्वीकृतिलगायत सेवा प्रदान सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान शुरु गरेको जानकारी दिएका छ ।

प्रदेशबाटै श्रम स्वीकृति जारी गर्ने प्रक्रिया शुरु गरिएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको मन्त्रालयका प्रवक्ता डा. नारायारण रेग्मी बताएका छन् । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी ईजाजत पाएका संस्था र तालिम तथा अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने उनको भनाइ छ।

चालु आथिक वर्षको बजेट भाषणमै प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा गरिएको थियो। त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो।

त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम, तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : ४६ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न