हरेक बिहानी गर्नुस् यी काम तपाईको दिन शुभ हुन्छ | Khabarhub Khabarhub

हरेक बिहानी गर्नुस् यी काम तपाईको दिन शुभ हुन्छ


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । दिन शुभसँग बितोस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले दिनलाई शुभ बनाउन बिहानीको संघर्ष अपरिहार्य हुन्छ ।

त्यसका लागि तपाईले बिहान नियमियत रुपमा केही त्यस्ता नित्यकर्म गर्नुपर्छ जसका कारण तपाईको दिन शुभसँग बितोस् । दिनभर सकारात्मक सोच पलाउन सकोस् ।  यसका लागि तपाई बिहान सबेरै उठ्नुपर्ने हुन्छ । राति समयमै सुतेर बिहान सबेरै उठ्दा तपाईको ज्यान फूर्तिलो बन्छ । दिनभरको आलश्यता पनि कम हुन्छ ।

जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप शुरु गर्नतर्फ लाग्नुस् । पूजा पाठ, व्यायाम, प्रणायम गर्नुस् । व्यायाम हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान नै हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ ।

बिहानको हिँडाइ तथा व्यायामले पूरै दिन ताजगी र उत्साहमय बन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्म हाम्रो शरीरमा ‘सिम्पेथेटिक प्रणाली सक्रिय हुन्छ । यसले गर्दा शरीरमा अधिक एड्रेनलिन उत्पादन र वितरण हुनुका साथै उच्च रक्तचाप एवम् अधिक मुटुको गति वा धड्कन हुने गर्छ ।

त्यसैले बिहानको हिँडडुल व्यायाम वा योगले अवस्था स्थिर बन्छ । बिहानको योग वा व्यायामले शरीरको क्षमता विकास हुन्छ र शरीरको रोग निर्मुल पार्न प्रतिरक्षा प्रर्णाली बलियो बन्छ ।

सवैभन्दा महत्वपूर्ण कुरा सकारत्मक सोच नै हो । मानिसको चेतना जहाँसम्म छ, मानिसले गर्ने त्यही हो । त्यसैले आफ्नो चेतनास्तर केही माथि उठाउँदै पहिलो चरणमा सकारत्मक सोच बनाउने बानीको विकास गर्नुस् ।

यसका लागि पूजा पाठ धर्मकर्मतर्फ नै लाग्नुपर्छ भन्ने छैन । मनपर्ने मान्छेहरुसँग भेटघाटका लागि निस्किनुस्, सकारात्मक सोचका साथ बातचित् गर्नोस् । अर्को महत्वपूर्ण कुरा रिस त्याग्ने प्रण गर्नुस । तपाईका हरेक दिन शुभ रहनेछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ४१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका