प्रधानसेनापतिको चीन भ्रमण– २ अर्ब ४१ करोडको सहयोग सम्झौतामा हस्ताक्षर « Khabarhub

प्रधानसेनापतिको चीन भ्रमण– २ अर्ब ४१ करोडको सहयोग सम्झौतामा हस्ताक्षर


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका प्रधानसेतापति पूर्णचन्द्र थापाले १ सय ५० मिलियन चिनियाँ युआन (करिब २ अर्ब ४१ करोड रुपैयाँ) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चिनियाँ जनमुक्ति सेनाले मानवीय सहयाता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत नेपाली सेनालाई २ अर्ब ४१ करोड रुपैयाँ बराबरका विभिन्न उपकरणहरु सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ती सेनाका प्रमुख ली जुओचेङसँग शिष्टाचार भेटवार्ता समेत गरे ।

प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको मुख्यालयको समेत निरीक्षण गरे । प्रधानसेनापति थापाको सम्मानमा जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गर्‍यो ।

असार १ गते चीन भ्रमणमा निस्किएका प्रधानसेनापति थापा भ्रमण समाप्त गरी ७ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ५७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको