कामदार ठग्ने म्यानपावर कम्पनीका एजेन्टलाई कारबाही गर्दै सरकार | Khabarhub Khabarhub

कामदार ठग्ने म्यानपावर कम्पनीका एजेन्टलाई कारबाही गर्दै सरकार


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजाजतवाला म्यानपावर कम्पनीले राखेका ठगीमा संलग्न प्रतिनिधि (एजेन्ट)लाई कारवाही गर्ने तयारी गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगीमा संलग्न एजेन्टलाई पीडितले दिएको उजुरीका आधारमा कारवाही गर्नेका लागि एजेन्टको सूचीसमेत तयार परेको जनाएको छ ।

रोजगारीका नाममा देशभर धेरै ठगीमा संलग्न ३ सयभन्दा बढी एजेन्टलाई सम्बन्धित निकायसँग समन्वयन गरेर कारवाही गर्नका लागि सूची तयार पारिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार मन्त्रालयले देशविदेशीमा बसेर रोजगारीका नाममा ठगी गर्ने एजेन्टको पहिचान र स्थायी बसोबससहित सूची तयार पारेको छ । उनीहरुलाई प्रहरी र प्रमुख जिल्ला अधिकारीको सहयोगमा कानूनी कारवाही गर्ने तयारीका साथ काम भइरहेको छ ।

‘यसरी उच्च ठगीमा संलग्न ३ सयभन्दा धेरै एजेन्टको सूची तयार भएको छ, अब चाँडै मन्त्रालयले कारवाहीका लागि प्रक्रिया बढाउँछ’ ती कर्मचारीले भने, ‘विदेशमा बसेर रोजगारीका नाममा ठगी गर्ने एजेन्टको नाम सम्बन्धित देशको कुटनीतिक नियोगबाट प्राप्त भएको छ । उनीहरुलाई कसरी कानूनी कारवाहीको दायरामा ल्याउन भने विषयमा अन्तरमन्त्रालय छलफल भइरहेको छ । अब रोजगारीका नाममा ठगी गर्नेलाई कारवाही हुन्छ ।’

वैदेशिक रोजगार व्यवसायीहरु आफ्ना कम्पनीमा प्रतिनिधि (एजेन्ट) नराख्न वैदेशिक रोजगार विभागले गत महिना सूचना नै जारी गरेर सूचित गराएको थियो । एजेन्टमार्फत् वैदेशिक रोजगारीका जाने श्रमिकसँग काम कारबाही गर्ने म्यानपावरलाई कानूनी कारवाही हुने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज गरिएको छ । सोहीअनुसार म्यानपावरलाई एजेन्ट नराख्न विभागले सूचित गराएको हो । म्यानपावर कम्पनीले राखेका एजेन्टमार्फत् वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिक आर्थिक ठगी र सरकारले तोकेभन्दा धेरै पैसा लिने क्रम बढ्दै गइरहेकाले एजेन्ट खारेजीको प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए । सरकारले रोजगारीका नाममा भइरहेको ठगीसँगै विकृति अन्त्य गर्न लागि परेर काम गरिरहेको उनको भनाइ छ ।

म्यानपावरका शाखा कार्यालय एजेन्टका भरमा

हाल सञ्चालनमा रहेका ९ सयभन्दा धेरै म्यानपावर कम्पनीका शाखा कार्यालय देशका मुख्य शहरमा सञ्चालनमा छन् । ती शाखा कार्यालय प्रायः एजेन्टले नै चलाइरहेका छन् । शाखा कार्यलयबाट श्रमिक बटुलेर ल्याउने र म्यानपावर कम्पनीमा जिम्मा लगाएर एजेन्ट कमिशन खाने गरेका छन् । उपत्यकाका बाहिर खोलीका म्यानपावरको शाखा कार्यलय अहिले पनि एजेन्टले चलाएर बसेका छन् । तीनै एजेन्टका भरमा म्यानपावरले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका छन् । विगत केही वर्षयता खाडीका देश र मलेसियामा एजेन्टका भरमा म्यानपावरले डिमाण्ड ल्याएर कामदार रोजगारीमा पठाउने गरेका छन् ।

शाखा कार्यलयका एजेन्टले पनि आफना सब एजेन्ट गाँउगाँउमा रोखेको छ । एजेन्टले र्नै गाँउगाँउबाट रोजगारीको खोजीमा रहेका युवा ल्याएर म्यानपावर कम्पनीलाई जिम्मा लगाउने गरेका छन् । विभागमा दुई वर्षअघि करिब ७ एजेन्ट सूचित थिए । विभागले २०७३ साल मै एजेन्टको धरौटी फिर्ता दिइर उनीहरुको लाइसेन्स खारेज गरेको थियो ।

विभागले एजेन्टको लाइसेन्स खारेज गरेपनि उनीहरुले कामदार पठाउन काम गरिरहेका छन् । विभागमा मासिक करोडभन्दा धेरै एजेन्टका नाममा ठगीका पीडित गुनासो लिएर आउने गरेका छन् । म्यानपावरभन्दा एजेन्टबाट धेरै रोजगारीका खोजीमा रहेका कामदार पीडित हुने गरेका छन् ।

सात हजारभन्दा धेरै एजेन्ट सक्रिय

म्यानपावर कम्पनीका प्रतिनिधि एजेन्टहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोशिएसन पनि छ । हाल यो संगठन सक्रिय भएर काम गरेको छैन । तर, संगठनले २ वर्षअघि देश भर ७ हजारभन्दा धेरै एजेन्ट सक्रिय रहेको काम गरिरहेको दावी गरेको थियो ।

तीन वर्षअघि विभागले म्यानपावर व्यवसायीको सिफारिसमा २ लाख रुपैयाँ धरौटी राखेर विभागबाट एजेन्टको लाइसेन्स जारी गदै आएको थियो । विभागले २०७३ सालमा लाइसेन्स लिएका ७ सयभन्दा धेरै एजेन्टको धरौटी रकम फिर्ता दिएर लाइसेन्स खारेज गरेको छ । विभागले लाइसेन्स खारेज गरपनि म्यानपावर कम्पनीले हाल पनि अप्रत्यक्ष रुपमा एजेन्ट राखेर काम गरिरहेका छन् ।

सरकारले मलेसिया र खाडीका ६ मुलुकका लागि फ्रि भिसा र फ्रि टिकट लागू गरेपनि म्यानपावरले पनि एजेन्ट खारेजका लागि विभागसँग माग गरेका थिए । विभाग र म्यानपावरले खारेज गरेका तिनै एजेन्ट र अवैधानिक सब एजेन्टले कामदार ठग्ने क्रम पछिल्लो समयमा निकै बढेको छ । उनीहरुले विकाशित देशको रोजगारीमा पठाइदिने भन्दै ठगी गदै आएका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ३० बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन