इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो « Khabarhub

इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिका र इरानबीच तनाव चुलिरहेका बेला फारसको खाडी क्षेत्रमा अमेरिकी सैनिक ड्रोन खसालेको छ । इरानको रिभल्यूशनरी गार्ड कप्र्सले बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको अमेरिकी ‘गुप्तचर’ विमानलाई खसालेको दाबी गरेको हो ।

इरानको इर्ना समाचार संस्थाले गुप्तचरी अभियानका लागि इरानको आकाशमा उडान भरेको अमेरिकी आरक्यू–४ ग्लोबल हक नामक चालकरहित ड्रोन खसालेको जनाएको हो ।

अमेरिकी सेनाले इरानको दाबीलाई पुष्टि गर्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडान भरेको आफ्नो सैनिक ड्रोन इरानद्वारा खसालिएको जनाएको छ । अमेरिकी अधिकारीले भने इरानले खसालेको ड्रोन आरक्यू–४ ग्लोबल हक नभई अमेरिकी जलसेनाको एमक्यू–४ सी ट्राइटन रहेको जनाएको छ ।

अमेरिकी सैनिक अधिकारीले इरानले अमेरिकी ड्रोन खसाल्ने बेला कुनै पनि अमेरिकी ड्रोनले इरानको आकाशमा उडान नभरेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय खाडी क्षेत्रमा तेल बोकेका दुई ट्यांकरमाथि आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव चुलिरहेको छ । अमेरिकासहित साउदी अरब र अन्य खाडी मुलुकले आक्रमणको दोष इरानलाई दिँदै आएका छन् भने इरानले उक्त दाबीको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ३७ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण