सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए « Khabarhub

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच सर्लाहीमा गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा विप्लव समूहका एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको र दोहोरो झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरीको भनाइ छ । उनी नेकपाका सर्लाही इन्चार्ज रहेको प्रहरीले दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै प्रहरी टोलीले थप अनुसन्धान गरिररहेको खबरहबसँग बताए । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ ।

अन्य तीनजना भने भागेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ३९ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर