कम तलबमा साउदीमा कामदार नल्याउन म्यानपावरलाई दूतावासको आग्रह « Khabarhub

कम तलबमा साउदीमा कामदार नल्याउन म्यानपावरलाई दूतावासको आग्रह


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरवस्थित नेपाली राजदूतावासले सरकारले तोकेकोभन्दा कम तलब सुविधामा रोजगारीका लागि साउदी कामदार नल्याउन म्यानपावर कम्पनीलाई सचेत गराएको छ ।

नेपाल सरकारले तोकेभन्दा कम तलबका डिमाण्डमा कामदार म्यानपावर कम्पनीले पठाउने थालेको भन्दै दूतावासले व्यवसायीलाई यस्तो आग्रह गरेको छ ।

दुतावासले व्यवसायीहरु वीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल सरकारको निर्णय अनुरुप सेवा शुल्क लागू भएका कम्पनीमा मात्र कामदार पठाउन आग्रह गरेको छ।

सरकारले २०७५ आश्विन १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरि रोजगारीको लागि साउदी अरब जाने कामदारको हकमा न्यूनतम पारिश्रमिक तोकेको थियो ।

साउदी रोजगारीका जाने कामदारको हकमा पारिश्रमिक साउदी रियाल १ हजार रियाल र खानाको लागि साउदी रियाल ३ सय अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । तर, पछिल्लो समय साउदी सरकारले भने न्युनतम ८ सय बेसिक र खाना २ सय साउदी रियाल तलबमा कामदार पठाउने थालेका छन् ।

साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला म्यानपावर व्यवसायीहरुले आफ्ना प्रतिनिधिको परिचयपत्र पनि खुलाउनुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउन दुतावासले व्यवसायीलाई अपलि गरेको छ । परिचयपत्र नभएका म्यानपावर कम्पनीको काम रोक्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : ३६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते