डोल्पाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

डोल्पाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


५ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाकी एक सुत्केरीको विहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो ।

महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो । बुढाको उद्धार गरी हेलिकप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

दुई दिनदेखि सुत्केरी हुन नसकेपछि उनको उद्धार गरिएको हो । अहिलेसम्म डोल्पाबाट हेलिकप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको छ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ९ : ४१ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा