हत्याको बदला क्रान्तिबाटै लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित) « Khabarhub

हत्याको बदला क्रान्तिबाटै लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।

विहीबार सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल हत्याको विषयलाई लिएर विज्ञप्ति जारी गर्दै क्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिएको हो। साथै यस घटनाले पार्टीलाई ठूलो क्षति पुगेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट व्यक्त गरिएको छ ।

पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना कार्यकर्ताको सर्लाहीको लालबन्दी-१ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरिएको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भ्रर्त्सना गर्दछ र सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

बिहीबार दिउँसो प्रहरीसँग गोली हानाहान भएको र दोहोरो झडपमा पौडेलले मृत्यु भएकाे प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ०४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको