काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद | Khabarhub Khabarhub

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।

केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताए । ६३ घरधुरी रहेको सो विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षायाम लागेपछि गाउँ पुग्न पैदल हिड्नुपर्ने हुन्छ ।

गाउँमा काठेपुल बगाएपछि वडा कार्यालयले काठेपुल बनाउन गाउँवासीलाई आग्रह गरेपनि गाउँमा युवा नभएपछि बनाउन नसकिएको वडाध्यक्ष तामाङले बताए ।

क्यूङ गाउँस्थित थलीमा रहेको १० घरमध्ये सात जना मात्र गाउँमा छन् । गाउँमा कोही पनि नभएकोले थली गाउँ शून्य अवस्थामा छ । कन्द्राङ १३ घर, गोरगङ गाउँमा पाँच घर छन् । गाउँभरीमा युवा तथा तन्नेरीहरु कोही नभएपछि गाउँमा गरिने विकासका कामसमेत प्रभावित भएको छ । बुढापाका र बालबालिका मात्र गाउँमा रहेकोले साधारण रुपमा गर्न सकिने काठेपुल बनाउन आवश्यक जनशक्ति छैन ।

कोही मानिस बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिससमेत नभएको गाउँवासीको भनाइ छ । गाउँमा यातायात, सञ्चार नभएपछि गाउँवासी पलायन हुँदै गएको र वर्षमा छ महीना भारततर्फ काम गर्न गएकाले गाउँ युवा विहीन भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ११ : १० बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ