जुवातास खेल्ने १६ पक्राउ « Khabarhub

जुवातास खेल्ने १६ पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १० : ३८ बजे

मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)

काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

काठमाडौं – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार

आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल मंसिर १३ गते मंगलबार। ज्योतिष

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक र असान्दर्भिक : किशोरसिंह राठौर

बाँके- कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नु