सञ्चारमाध्यमबाट असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस्– उपनेता नेम्वाङ « Khabarhub

सञ्चारमाध्यमबाट असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस्– उपनेता नेम्वाङ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका छन् ।

संसद् सचिवालयद्वारा आयोजित संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि अन्तरसंवाद समापनमा उनले पत्रकारिता क्षेत्रबाट हुने जिम्मेवार टिप्पणी, समीक्षा र विश्लेषणले सांसद र संसद्लाई ठीक ढङ्गबाट अघि बढ्न योगदान पुग्ने धारणा राखे ।

संविधानसभाका अध्यक्ष नेम्वाङले भने, “असल अभ्यासलाई अघि बढाउन राम्रो पक्षलाई राम्रै भन्नुपर्छ, जसले संसद्, सांसद र राजनीतिक दललाई अघि बढ्न प्रेरित गर्दछ”, राज्यको महत्वपूर्ण अङ्गको रुपमा संसद्मा प्रतिपक्ष हुन्छ भने सरकारले विजनेश नदिए संसद् चल्न सक्दैन भन्ने पक्षलाई बिर्सन हुन्न ।

विश्वका अरु लोकतान्त्रिक मुलुकले गरिरहेको संसदीय अभ्यासको तुलनामा हामीले गरिरहेको अभ्यासले निधार खुम्च्याउनु पर्ने अवस्था नदेखिएको बताउँदै उपनेता नेम्वाङले भने “एकाध अपवादका घटनाबाहेक दलहरुबीच सहमति कायम भई संसद् राम्रोसँग सञ्चालन भइरहेको छ, दलहरु मिल्नुपर्ने बेलामा मिलेकै छन्, मध्यस्थताका लागि कसैलाई बोलाउनुपरेको छैन । “स्वस्थ्य प्रतिस्पर्धा र दलीय स्वार्थभन्दा माथि उठेर प्राप्त उपलब्धिको रक्षा गर्न एकजुट भएर अघि बढेमा हामीले स्थापित गरेको प्रणाली बलियो हुन गई नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न योगदान पुग्ने छ”, उनले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : ५५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने